असोज १, काठमाडौं । भारतीय प्रशिक्षक वुरिटी भेन्कटराम नेपाली राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भेन्कटरामलाई नेपालको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको हो ।
सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजलाई मध्यनजर गर्दै आईसीसीले भेन्कटरामलाई बलिङ कन्सल्टेन्टको रुपमा नेपाल पठाएको हो । भेन्कटराम सोमबार नै नेपाल आईसकेका छन् ।
बिहारको पूर्व कप्तान समेत रहेका स्पिनर भेन्कटराम भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को लेभल-३ कोच हुन् । भेन्कटरामसँग झारखण्ड क्लरिकेट टिमलाई प्रशिक्षण दिएको अनुभव समेत छ ।