लिभरपुल पहिलो खेलमै स्तब्ध

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै स्तब्ध बनेको छ ।

मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसंग २–० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ ।

समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।

८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

गोलकिपर एन्ड्रियनले सुरुवात दुई मुख्य प्रहारको बचाउ गर्दै लिभरपुलको उद्वार गरेका थिए । तर उनी सान पाउलो मैदानमा प्रभाव छाड्न संघर्षरत देखिन्थे ।

सन् १९९४ मा एसी मिलानसंग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो स्तब्धपुर्ण नतिजा निकालेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस