डर्टमण्डसंग बार्सिलोनाको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १, बुधबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग गोल रहित बराबरी खेलेको छ ।

मंगलबार राति भएको समुह एफको खेलमा बार्सिलोनाले डर्टमण्डसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो ।

दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् ।

बार्सिलोनाले १६ बर्षका युवा स्टार अंशु फातीलाई सुरुवाती लाईन अपमै मौका दिएको थियो । मुख्य फरवार्ड लियोनल मेस्सीले भने बेन्चबाट नयाँ सिजनको सुरुवात गरेका थिए ।

तर चोटबाट मैदान फर्किएका मेस्सीले खेलमा खासै प्रभाव देखाउन सकेनन् ।

बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस