दसैंका लागि असोज दोस्रो सातादेखि नयाँ नोट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १, काठमाडौं । यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज दोस्रो सातादेखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ।

यसका लागि राष्ट्र बैंकले आन्तरिक तयारी पूरा गरेको छ।

‘सम्भवतः असोज १० देखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने योजना बनाएका छौं,’ राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने, ‘कुनै कारणले शुक्रबारदेखि सटही गर्न सकिएन भने आइतबार (असोज १२) देखि वितरण गर्छाैं।’

यो वर्ष गत वर्षकै हाराहारीमा नयाँ नोट वितरण गर्ने तयारी रहेको प्रवक्ता निरौलाले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस