नेयमारको प्रतिबन्ध घट्यो !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १, बुधबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर नेयमारमाथि च्याम्पियन्स लिगमा लागेको तीन खेलको प्रतिबन्ध घटेको छ ।

खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले नेयमारको १ प्रतिबन्ध घटाउने निर्णय गरेको छ । कासको निर्णयसँगै नेयमारलाई अब च्याम्पियन्स लिगमा दुई खेलको मात्र प्रतिबन्ध लाग्नेछ ।

नेयमारले यस सिजन रियल मड्रिड र गलतासारेविरुद्ध हुने समूह चरणको खेल भने गुमाउने छन् । पीएसजीले बिहिबार राति रियलसँग घरेलु मैदानमा खेल्दैछ । नेयमार आगामी अक्टोबर २२ मा क्लब बर्गविरुद्धको खेलबाट भने च्याम्पियन्स लिगमा उपलब्ध हुनेछन् ।

गत सिजनको च्याम्पियन्स लिग अन्तर्गत इन्ग्लिंश क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा रेफ्रीको निर्णयमा आपत्तिजनक प्रतिक्रिया दिएको कारण युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले नेयमारलाई ३ खेलको प्रतिबन्ध लगाएको थियो ।
उक्त खेलमा युनाइटेडका मार्कुस राष्फोर्डले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अन्तिम आठको यात्रा तय गराएका थिए । पीएसजीका किम्पेम्बेले ह्याण्डबल गरेपछि युनाइटेडले भीएआरको सहायताले पेनाल्टी पाएको थियो ।

युनाइटेडसंगको हारपछि बेञ्चमा रहेका नेयमारले सामाजिक संजालमा रेफ्रीको निर्णयमा असन्तुष्ट जनाउदै आपत्ति जनक प्रतिक्रिया लेखेका थिए । उक्त खेलमा चोटका कारण नेयमारले दर्शकको रुपमा खेल हरेका थिए ।

नेयमारले इन्ष्टाग्राममा फुटबल नबुझेको रेफ्रीले ह्याण्डबल दिएको भन्दै आपत्ति जनक शब्द लेखेका थिए ।एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस