आज पनि दिनभर देशभर मौसम बलदी : हल्कादेखि मध्यम वर्षा

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ आश्विन १, बुधबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज १, काठमाडौं । मनसुनी न्यून चापीय रेखा, भारतको मध्य प्रदेशको उत्तर पश्चिमी क्षेत्र र उत्तर प्रदेशको दक्षिणी भागमा बनेको निम्न चापीय प्रणाली तथा बंगालबो खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव कायमै छ ।

केही दिनदेखि यसकै कारण बलदी र वर्षाको क्रम चलिरहेको छ र बुधबार पनि मौसम बदली तथा वर्षाकै अवस्थामा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली भई काठमाडौँसहितका केही स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

बुधबार दिनभर देशभरि सामान्यदेखि पूर्ण बदली रही पश्चिम तथा मध्यका धेरै तथा बाँकी क्षेत्रका केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । थोरै स्थानमा भने ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति पनि देशभरि नै सामान्यदेखि पूर्ण बदली हुने सम्भावना छ । विशेष गरी पश्चिम र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण तथा पूर्वी क्षेत्रमा सामान्य बदली हुनेछ ।

राति मध्य र पश्चिमका धेरै र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमका एक–दुई स्थानमा राति ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । शुक्रबारदेखि मौसममा केही सुधार हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस