सरकारी स्वास्थ्य संस्थाको ओपीडीतर्फको टिकट आज निःशुल्क

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २, बिहिबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

आश्विन २,काठमाडौँ । सरकारी अस्पतालमा बिहीबार निःशुल्क जाँच हुने भएको छ । संविधान दिवसको अवसरमा सरकारले ओपीडी टिकट निःशुल्क वितरण गर्ने व्यवस्था गरेको हो ।

सरकारले देशभरका सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकट निःशुल्क वितरण गर्न निर्देशन दिएको छ । शुक्रबार परेको संविधान दिवसको अघिल्लो दिन सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा ओपीडी टिकटको पैसा नलिन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको हो ।

मन्त्रालयले सूचना निकालेर संविधान दिवस भव्यताकासाथ मनाउन भन्दै बिहीबार ओपीडी टिकटको पैसा नलिन निर्देशन दिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस