जनता बैँकद्धारा लमजुङको फलेनी माविका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन २, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन २ लमजुङ । दोर्दी गाउँपालिकाहिले बजार स्थित श्री फलेनी माध्यमिक विद्यालयका बिद्यार्थीहरुलाई जनता बैंकको तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ । लमजुङ जिल्लाको विकट भौगोलिक अबस्थितिमा रहेको सो विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा७ सम्मका २०६ जना विद्यार्थीहरुलाई स्कुल ब्याग प्रदान गरिएको हो ।

४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यालयमा अयोजित एक कार्यक्रमका बिच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीहरुलाई ब्याग वितरण गरेका थिए । जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।

बैंकले विगतबर्षहरु देखिनै ग्रामिण क्षेत्रको शैक्षिकगुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुको साथै शैक्षिक सामाग्रीहरु प्रदान गर्दै आइरहेको छ ।
जनता बैंकले हाल देश भरीबाट गरि कूल १४२ शाखा, ११० एटिएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, ३ एक्स्टेन्सन काउण्टर र २ सिमत बैंकिङ इकाईबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले अत्याधुनिक प्रविधियुक्त मोबाइल तथा इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस