असार २९,काठमाडौँ । सरकारले दुई बुँदे सहमति गरेपछि गंगामाया अधिकारीले अनसन स्थगित गरेकी छन् ।
जेठ १५ गतेदेखि अनसनमा बसेकी अधिकारीलाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएका हुन् । त्यसअघि उनलाई कानुनमन्त्री शेरबहादुर तामाङले हस्ताक्षर गरेको दुई बुँदे पत्र दिइएको थियो ।