असोज ३, काठमाडौं । इटालियन क्लब एस रोमाले युरोपा लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा बिहिबार राति भएको खेलमा रोमाले टर्कीस क्लब इस्तानवुल बासकसेरलाई ४–० गोलले हरायो ।
रोमाको जितमा इडेन जेको, निकोलो जानिलो र जस्टिन क्लुइभर्टले गोल गरे । रोमाले अर्को आत्मघाती गोल उपहार पाएको थियो । ४२औं मिनेटमा इस्तानवुलका काइकाराको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो ।त्यसपछि रोमाका जेकोले ५८औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ७१औं मिनेटमा निकोलोले अर्को गोल थपे । ९०औं मिनेटमा जस्टिनले गोल गर्दै रोमालाई फराकिलो जित दिलाए ।
जितसँगै रोमाले समूह ‘जे’ मा रहेको रोमाले तीन अंक बनाएको छ । इस्तानवुल अंकविहीन छ । यही समूहको अर्को खेलमा अस्ट्रियाको वल्फवर्गरले जर्मन क्लब बोरुसिया मोनचेग्लावाचलाई ४–० गोलले पराजित गरेको छ । पहिलो जितसँगै वल्फवर्गरले पनि तीन अंक बनाएको छ । बोरुसिया मोनचेग्लावाच अंकविहिन छ । एजेन्सी