असोज ३, काठमाडौं । अहिले बक्स अफिसमा फिल्म ‘साहो’बाट प्रभासले आफ्नो जादु देखाई रहेका छन् भने, त्यही चाँडै नै ‘वार’ मार्फत ऋतिक रोशन आफ्ना प्रशंसकहरुको जोश बढाउन आउँदैछन् । अब बाहुबली प्रभास र बलिउडका सुपरहिरो (कृष) ऋतिक रोशनका प्रशंसकहरु यिनीहरुका हरेक फिल्मका लागि आतुर रहन्छन् ।
यी दुबैका प्रशंसका लागि एउटा ठूलो खबर अगाडि आएको छ । अब दुई सुपरस्टार एकै साथ पर्दामा आउने भएका छन् । बलिउड लाइफको खबर अनुसार फिल्म ‘छिछो’का निर्देशक नितेश तिवारीले यी दुई सुपरस्टारलाई एकसाथ पर्दामा उतार्न लागि परेका छन् । ऋतिक रोशन र दीपिका पादुकोणको आउन लागेको फिल्म ‘रामायण’मा प्रभास आउने पक्का भएको छ ।
रावण बन्ने प्रभास
ठूलो बजेटको यो फिल्ममा भगवान रामको अवतारमा ऋतिक र माता सीताको भूमिकामा दीपिका पादुकोण देखिने छन् । स्रोतका अनुसार रावणको भूमिकामा बाहुबली प्रभासले ग्रीन सिग्नल दिएका छन् ।