‘रिमेम्बर मी’ भन्ने सन्देशका साथ आज ‘विश्व अल्जाइमर्स दिवस’ मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन ४, शनिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ४, काठमाडौं ।  सेप्टेम्बर २१ ‘मलाई सम्झ’ अर्थात् ‘रिमेम्बर मी’ भन्ने सन्देशका साथ आज संसारभर ‘विश्व अल्जाइमर्स दिवस’ मनाइँदै छ ।

अल्जाइमर्स डिजिज इन्टरनेसनलले सेप्टेम्बर महिनालाई वल्र्ड अल्जाइमर्स मन्थका रुपमा विविध चेतनामूलक कार्यक्रम गरी मनाउँदै छ ।

नेपालको सन्दर्भमा भने यो रोगको बारेमा आम नागरिकमा मात्र नभएर स्वास्थ्यसँग सम्बन्धित जनशक्तिहरुमा पनि चेतना अत्यन्त न्यून रहेको चिकित्सकहरुले जनाएका छन् ।

अबको ३० वर्षमा विश्वमा १५ करोड भन्दा धेरै मानिसलाई  बिर्सने रोग अर्थात ‘डिमेन्सिया’ हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । डब्लूएचओले सन् २०५० सम्ममा विश्वमा १५ करोड २० लाख मानिसमा डिमेन्सिया हुने देखाएको हो । सन् २०१८ को विश्व अल्जाइमर्स तथ्याङ्कले विश्वमा प्रत्येक तीन सेकेण्डमा एक व्यक्तिमा डिमेन्सिया भैरहेको देखाएको छ ।

सन् २०१७ को तथ्याङ्कले विश्वमा ५ लाख मानिसमा डिमेन्सिया भएको देखाएको थियो । यो तथ्याङ्क २० वर्षमा दोब्बर हुँदै सन् २०५० सम्ममा १३ करोड एक लाख ५० जनामा डिमेन्सिया हुने देखाएको छ ।

बिर्सने रोग अल्जाइमर्स डिमेन्सियाको एउटा सामान्य रुप हो । अल्जाइमर्स भएपछि व्यक्तिले सुरुमा भर्खरै गरेका काम बिर्सन थाल्ने डाक्टरले बताएका छन् । सुरुमा भर्खरै गरेको काम बिर्साउने यो रोगले भविष्यमा सबै कुरा बिर्सेर दैनिक क्रियाकलाप नै गर्न नसक्ने अवस्थामा पुर्‍याउने गर्छ ।

अल्जाइमर्स भएपछि व्यक्तिले सिकेका सबै सीप बिर्सँदै गएर दैनिक जीवन चलाउन नै समस्या हुने डाक्टर रमेश कँडेलले बताए । बिर्सने रोग भिटामिनको कमी, डिप्रेशन, लामो समय जाँडरक्सी खाने व्यक्ति, परिवारबाट माया नपाउने र उमेर ढल्किँदै गएपछि लाग्ने उनले जानकारी दिए ।

सुत्न नसक्नु वा निन्द्रा कम लाग्नु पनि अल्जाइमर्सको लक्षण हो । सुरुमा के कारणले रोग लागेको हो भन्ने थाहा पाउन सके डिमेन्सियाअन्तर्गत पर्ने बिर्सर्ने रोग मध्य केही केहीको भने उपचार सम्भव भएको पनि उनको भनाइ छ । यो रोग निको नहुने भए पनि अल्जाइमर्स भएका व्यक्तिलाई विभिन्न काममा लगाएर भुलाउन उनको सुझाव छ ।

ताजा अपडेट

खोजी गर्नुहोस