डा. केसीको पक्षमा विरगञ्जमा प्रदर्शन : जायज माग तत्काल पूरा गर्नुपर्नेमा जोड

Post Thumbnail

असार २९,विरगञ्ज । स्वास्थ्यकर्मीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ जनताले मान्छे मार्ने म्यान्डेट नदिएको भन्दै वीरगञ्जका स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन् ।

चिकित्सा क्षेत्रसँग सम्बन्धित विभिन्न माग राखेर आमरण अनसन बसेका प्राध्यापक डा. गोविन्द केसीको समर्थन गर्दै उनीहरूले शुक्रबार र्‍यालीसहित प्रदर्शन गरेका हुन् ।

चिकित्सा क्षेत्रसँग जोडिएका वीरगञ्जमा क्रियाशील विभिन्न संघसंस्थाले संयुक्त रुपममा र्‍यालीको आयोजना गरेका हुन् ।

वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट निकालिएको र्‍याली वीरगञ्ज बजारको परिक्रमा गर्दै घण्टाघरमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा सहभागीहरुले प्राध्यापक डा. गोविन्द केसीको माग तथा उनको जीवन रक्षाको लागि हाम्रो अभियान, प्रा. डा. गोविन्द केसीको जायज माग पूरा गर, नेपाली जनताको लागि लड्नेलाई पागल भन्न पाइँदैन, प्रा. डा. गोविन्द केसीलाई मार्न पाइँदैन लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कोणसभामा बोल्दै डा. रामअवतार खेतानले प्राध्यापक डा. गोविन्द केसीको जायज मागहरु सरकार तत्काल पूरा गर्नुपर्नेमा जोड दिए । ‘जनताले केपी ओली सरकारलाई मान्छे मार्ने म्यान्डेट दिएको छैनन्, भोट दिने बेलामा पक्ष विपक्ष देखिए होलान, अब प्रधानमन्त्री भइसकेपछि केपी ओली नेपालका प्रभानमन्त्री हुन्, कुनै पार्टी विशेषका होइनन्,’ उनले भने , ‘हामीलाई आशा छ, वर्तमान सरकारले डा. गोविन्द केसीले ल्याएका जायज मागहरु परा गर्नेछन ।’

नेपाल चिकित्सक संघ नारायणी शाखा पर्सा, वीरगन्ज एक्सरे संघ, नारायणी पर्सा लगायतका चिकित्सा सम्बद्धसंघ संस्थाको संयुक्त आयोजनामा निकालिएको र्‍यालीमा नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक, स्टाफ नर्स, वीरगञ्जमा रहेका नर्सिङ क्याम्पसका छात्राहरु, वीरगन्ज स्थित निजी अस्पतालका चिकित्सक, स्टाफ नर्सर्हरु सहभागी भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस