हत्कडीसहित भागे अभियुक्त

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । सवारी ज्यान मुद्दाका अभियुक्त सनम तामाङ काठमाडौं जिल्ला अदालत परिसरबाट आइतबार अपराह्न हत्कडीसहित भागेका छन्।

महानगरीय प्रहरी वृत्त गौशालाले अदालतमा उनीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरेको थियो।
अदालतले आफूलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थाहा पाउनासाथ तामाङ प्रहरी घेराबाट भागेका हुन्।

फरार तामाङको खोजी भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस