नदीले बगाएर एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७६ आश्विन ६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असोज ६, काठमाडौं । नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँ जाजरकोटका ५३ वर्षीय मनबहादुर बोहराको भेरी नदीले बगाएर मृत्यु भएको हो । बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

यसैबीच लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको नलगाड नगरपालिका–३ का छ घरपरिवार विस्थापित भएका छन् । छेप्का कैना सडकका कारण पहिरो जाँदा लुहारखेतका दलबहादुर पुन, भूमीलाल पुन, लक्ष्मीप्रसाद शर्मा र मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोडेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताए ।

“घर तल पहिरो जाँदैछ, घरमा माथिबाट जमीन चिराचिरा परेर धाँजा फाटेको छ”, शर्माले भने । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरोको जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस