‘काश्मिरको कुरा उठाएर आफ्ना नागरिकलाई दमन गर्नु पाकिस्तानको पाखण्ड’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन ६, सोमबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

आश्विन ६,काठमाडौँ । बालुचिस्तानका मानवधिकारकर्मीहरुले पाकिस्तानले उक्त क्षेत्रमा गरिरहेको ज्यादतीको बिरोध गरेका छन् । सँयुक्त राष्ट्र संघको ४२औं मानवधिकार काउन्सिलमा पाकिस्तानले गलत धारणा राखेको उनीहरुले बताएका छन्।

जेनेभामा बालुचिस्तानको मानवधिकारबारे गरिएको अन्तरक्रियामा उक्त कुराहरु सार्वजनिक गरिएको हो। जेनेभामा सँयुक्त राष्ट्र संघको कार्यलय अगाडि भएको कार्यक्रममा पाकिस्ताले बालुचिस्तानमा गरिरहेको ज्यादती बारे धारणा राखिएको थियो।

पाकिस्तानी सेनाले बालुचिस्तान क्षेत्रमा नागरिकहरुलाई बेपत्ता पार्नेदेखि अत्याचर सम्म गरिरहेको उनीहरुले बताएका थिए। बालुचिस्तानका अधिकारकर्मी नावी बख्स बालुचले भने ‘ पाकिस्तानले हाम्रो क्षेत्र नछाडेसम्म शान्ती असंभव रहेको छ।‘

‘पाकिस्तानको ज्यादती बिरुद्ध हामीले नबोले कस्ले बोल्ने ? त्यही भएर हामी यहाँ आएका हौं।‘ बालुचले भने। ‘पाकिस्तानका बिदेश मन्त्रीले भारतले जम्मु काश्मिरलाई संसारकै ठूलो पिंजडा बनाएको आरोप लगाउँदा हाम्रो बारेमा सोच्न पर्दैन ? ‘ बालुचको प्रश्न थियो।

‘पाकिस्तानले के गर्दैछ भन्ने कुरा सामाजिक संजाल मार्फत विश्वले हेरिरहेको छ। काश्मिरमा भारतको ज्यादती भन्ने बिदेशमन्त्रीले आफ्नो देशभित्र आफ्ना नागरिकहरु माथि भैरहेको ज्यादतीबारे बोल्न पर्दैनरु’ ईङल्याण्डका मानवधिकारकर्मी पिटर ट्याचेलले भने । ‘पाकिस्तान भित्र रहेका मानवधिकार आयोग लगायत बिभिन्न मानवधिकार संबन्धि संस्थाहरुले पाकिस्तानी सेनाको ज्यादतीबारे नियमित बोलिरहेका छन्। पाकिस्तानभित्र हत्या, अपहरण, ज्यादती बढेर गएको छ।‘ ट्याचलले भने।

‘पाकिस्तानको उक्त ज्यादती बिरुद्ध अन्तराष्ट्रिय समुदायले पाकिस्तानलाई सैनिक सहायता बन्द गर्नुपर्छ । पाकिस्तानी सेनाले आफ्ना नागरिकहरुलाई गरिरहेको ज्यादती र मानवाधिकार बिरुद्धको काम रोक्न पनि अमेरिका र बेलायतले अग्रसरता देखाउन पर्छ ‘ ट्याचलले स्पष्ट शब्दमा भनेका छन्।

अर्का अधिकारकर्मी रज्जाक बालुचले भने ‘पाकिस्तानको यो पाखण्डिपना हो । काश्मिरको ज्यादतीबारे बोल्ने तर बालुचिस्तानमा लगातार ज्यादती गरिरहने’।

पाकिस्तानी बिदेश मन्त्रीले मंगलबार संयुक्त राष्ट्रसंघमा आफ्नो वक्तव्य दिंदैछन जबकी त्यही बाहिर पाकिस्तानको ज्यादती बिरुद्ध प्रदर्शन हुँदैछ। पाकिस्तानले काश्मिरको मुद्दा उठाए पनि भारतले यो आफ्नो आन्तरिक मामिला भन्दै आएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस