‘सिने स्टार अवार्ड २०२०’ आयोजना क्यानडामा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । ‘सिने स्टार अवार्ड २०२०’को आयोजना क्यानडाको टोरेन्टोमा हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो वर्षको जनवरी ३१ मा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइइो । हिल्सा इन्टरटेन्मेन्ट प्रा.लि. नेपालको मुख्य आयोजनामा हुने अवार्डमा जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टिभिजन क्यानडाको सहकार्य हुनेछ ।

कार्यक्रममा बोल्दै हिल्सा इन्टरटेन्मेन्टका प्रवन्ध निर्देशक प्रतिक वुढाथोकीले पर्यटन बर्षलाई लक्षित गर्दै अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । विश्व बजारमा पुगिरहेको चलचित्र क्षेत्रलाई अन्तराष्ट्र्रियकरण गर्न अवार्ड आयोजना गर्न लागिएको उनको भनाई थियो ।

कार्यक्रममा शुभकामना दिनका लागि चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, कलाकार कृष्ण मल्ल, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नायक शिव श्रेष्ठ, नायिका आँचल शर्मा, पवित्रा आचार्य, कलाकार सलोन बस्नेत, आमेष भण्डारी, निराजन प्रधान लगायत उपस्थित थिए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइले यस्ता खालका अवार्डले चलचित्र क्षेत्रको विकासमा टेवा पुग्ने बताए । ड्रिमहाई नेपाल प्रालिको इभेन्ट व्यवस्थापन र नेपाल चलचित्र कलाकार संघको विशेष सहयोगमा यो अवार्ड आयोजना हुन लागेको हो । १२ प्रतिस्पर्धी विधासहित जुरी अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।

केही समयमा नै गतबर्ष रिलिजमा आएका चलचित्रहरु मध्येबाट उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अवार्डका लागि मोहन निरौला, रमेश वुढाथोकी र दिनेश डीसी निर्णायक छन् ।

प्रतिक वुढाथोकी संयोजक रहेको टिममा नेपालबाट बसन्त निरौला, सीपी पौडेल, पिटरकुमार श्रेष्ठ, बिजय बस्याल, श्रीधर पौडेल र बैकुण्ठराज पराजुली आयोजक सदस्यको रुपमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस