प्रियंका मिस वर्ल्ड बन्दा उनका पति निक ८ वर्षका थिए

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । प्रियंका चोपडाका पति तथा चर्चित अमेरिकी गायक निक जोनसको खास नाम निकोलस जेरी जोनस हो । निक र उनकी पत्नी प्रियंका उमेरको बीचमा १० वर्षको फरक छ ।

सन् २००० जब प्रियंका मिस वर्ल्ड बनेकी थिइन् तब निकको उमेर मात्र ८ वर्षको थियो । निक र प्रियंकाकाे सम्बन्धले मायालाई उमेरले छेक्दैन भन्ने सन्देश पनि दिएकाे छ ।

सन् २००६ मा निकको पहिलो एल्बम ‘इट्स अवाउट टाइम’ आएको थियो, त्यो बेला उनको उमेर मात्र १३ वर्षको थियो ।

निकको जन्म १६ सेप्टेम्बर १९९२ मा अमेरिकाकाे टेक्सासको डालास शहरमा भएको थियो, उनले ७ वर्षको उमेरमा नै काम गर्न सुरु गरेका थिए । निकले सन् २००२ मा आफ्ना पितासँग मिलेर अफ्नो पहिलो गीत ‘जोए टु द वर्ल्ड’ गाएका थिए, जुन गीत निक आफैँले लेखेका थिए । त्यसपछि उनी गायनको माध्यमबाट चिनिँदै गए ।

सन् २०१४ मा निक जोनलाई बेलायती म्यागेजिन ओके र सन् २०१५ मा अमेरिकी म्योगेजिन पिपुल्स ले सेक्सिएस्ट मेन अलाइभ बाट सम्मान गरेको थियो । निकले अहिलेसम्म १७ ओटा म्युजिक एल्बमका लागि गीत गाएका छन् ।

डेली मेलको रिपोर्टका अनुसार निकको वार्षिक कमाइ २५ मिलियन डलर बराबर रहेको छ । प्रियंका र निकले २०१८ काे डिसेम्बर १ तारिखका दिन विवाह गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस