नेपाली फिल्मको व्यावसायिक खडेरीको अन्त्य गर्‍यो ‘कबड्डी कबड्डी कबड्डी’ले

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ आश्विन ६, सोमबार (५ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असोज ६, काठमाडौं । नेपाली फिल्मले लामो समयदेखि भोग्दै आएको व्यावसायिक खडेरीलाई शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले तोडेको छ । रामबाबु गुरुङ निर्देशित फिल्मले बम्पर ओपनिङ गर्दै दर्शकमाझ माहोल तताएको छ ।

रिलिजको पूर्वसन्ध्यामा बिहीबार राजधानीको जय नेपाल हलमा यस फिल्मको भव्य प्रिमियर गरिएको थियो । प्रिमियरमा उपस्थित फिल्मकर्मीले कबड्डीको पछिल्लो सिरिजप्रति सुखद प्रतिक्रिया दिएका छन् ।

‘सिरिजकै सबैभन्दा राम्रो फिल्म लाग्यो मलाई,’ फिल्मबारे प्रतिक्रिया दिँदै निर्देशक हेमराज बीसीले भने, ‘लेखन, निर्देशन र सबै पक्षबाट हेर्दा पनि तुलनात्मक रूपमा बढी परिपक्व र मनोरञ्जनात्मक लाग्यो ।’ उनले ‘कबड्डी’ को तुलनामा ‘कबड्डी कबड्डी’ केही फितलो लागेको भए पनि यसपटक परिपक्व भएको तर्क गरे । त्यसो त निर्देशक बीसीले त्यही कथालाई पनि अझै माझ्न सकिने ठाउँहरू आफूले देखेको बताए ।

निर्माताबाट निर्देशनमा हात हाल्न लागेका माधव वाग्लेले पनि ‘कबड्डी कबड्डी कबड्डी’ राम्रो लागेको प्रतिक्रिया दिए । भने, ‘सबै पक्ष राम्रो छ । अभिनय उत्तम लाग्यो । कास्टिङ राम्रो छ । मैले सोचेभन्दा राम्रो पाएँ ।’ उनले सिरिज भएकाले सुरुवातको जस्तो नयाँपन नपाइने भए पनि तेस्रो संस्करणसम्म आइपुग्दा निर्देशकको काम बढी मन परेको बताए । ‘तर यसैको पनि मध्यान्तरअघि फिल्म जति मज्जाले बगेको छ, मध्यान्तरपछि इमोसनल पार्टमा मलाई केही खड्कियो ।

त्यसलाई पनि अझ मजबुत बनाउन सकिन्थ्यो कि रु’ वाग्लेले थपे । मुस्ताङको थकाली थलोको कला, संस्कृति र रहनसहनमा कथा बुनेर निर्देशक गुरुङले पाँच वर्षअघि ‘कबड्डी’ पस्केका थिए । मौलिक कथा र आकर्षक हास्यशैलीमा वीरकाजी र मैयाको प्रेमवाचन गरेका निर्देशक गुरुङले मैयाले छोडेर गएपछि यसपटक वीरकाजीको प्रेमकथामा नयाँ सोल्टिनीको प्रवेश गराएर फिल्मलाई रोचक बनाएका छन् । दयाहाङ राई, उपासनासिंह ठकुरी, विल्सनविक्रम राई, कर्मा, विजय बराल, रिश्मा गुरुङ, बुद्धि तामाङ, लुनिभा तुलाधर, माओत्से गुरुङलगायतको अभिनय रहेको फिल्मलाई रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर पटकथा तयार पारेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस