राखीलाई अंगप्रदर्शनमा पतिको रोक

असोज १०, काठमाडौं ।
चलचित्रमा खुलेर अंग प्रदर्शन गर्ने र कामुक दृश्य दिने अभिनेत्रीका रुपमा परिचित छिन्, बलिउड अभिनेत्री राखी सावन्त । तर अब उनले चलचित्रका दृश्यमा अंग प्रदर्शन नगर्ने भएकी छिन् । कारण हो, उनका श्रीमानले राखीलाई चलचित्रमा अंगप्रदर्शन नगर्न दवाव दिएका छन् ।

तीन महिनाअघि गैरआवाशीय भारतीयसँग विवाह गरे पनि यी अभिनेत्रीले हालै मात्र आफ्नो विवाहको समाचार सार्वजनिक गरिन् ।

विवाहपछि उनलाई फिल्ममा उत्तेजक दृश्यका लागि प्रस्ताव गर्दा उनले सो फिल्म खेल्न मानिनन् । ‘म अहिले वैवाहिक सम्बन्धमा छु । मलाई पहिलाकै जस्तो भूमिकामा प्रस्ताव आएकोमा श्रीमानको सल्लाहअनुसार अब त्यस्तो भूमिका निर्वाह गर्दिन’। एक अन्तर्वार्तामा राखीले भनेकी छन् ।

‘अब म फिल्ममा किस सिन र खुलेर बेड सिन पनि गर्दिनँ । श्रीमानलाई मन नपर्ने दृश्य नगर्ने विचारमा पुगेकी छु, उनले भनिन्।

संम्बन्धित समचार

Leave a Reply