म्याङ्लुङ नगरपालिकामा लक्ष्यको आधाभन्दा कम राजश्व संकलन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असार ३०,तेह्रथुम । म्याङ्लुङ नगरपालिकाले चालु आर्थिक वर्षमा लक्ष्य भन्दा पचास प्रतिशत कम मात्रै राजश्व संकलन भएको छ ।

नगरपालिकाले निर्धारण गरेको लक्ष्य रकमको आधा भन्दा कममात्रै राजश्व संकलन गरेको हो । सरोकारवालाले नगरपालिकाले हौसिएर आन्तरिक आम्दानी बढी हुने अनुमान लगाउँदा नगरपालिकाले लक्ष्य रकमको आधा भन्दा कम मात्रै राजश्व संकलन गरेको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा ८१ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । चालु आर्थिक वर्षमा अहिलेसम्म अवधिमा नगरपालिकाले ३३ लाख ८२ हजार ४ सय ८५ रुपैयाँमात्रै राजश्व संकलन गरेको छ । यस्तै नगरपालिकाले नगद लागत सहभागितातर्फ ७५ लाख ३६ हजार रुपैयाँ संकलन हुने अनुमान लगाएकोमा ७३ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।

लागत सहभागितातर्फ भने नगरपालिकाले लिएको लक्ष्यले मेल खाएको छ । नगरपालिकाको दोस्रो नगरसभामार्फत नीति तथा कार्यक्रममा आगामी वर्षबाट नगरपालिकाको आन्तरिक आम्दानी वृद्धि गर्ने र लागत सहभागितालाई अझै व्यवस्थित गर्ने लक्ष्य लिएको नगर प्रमुख सन्जयकुमार तुम्बाहाम्फेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस