सुदूरपश्चिमका सडकको सुस्त निर्माण

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ आश्विन १०, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सडक निर्माण सुस्त छ। कतै ठेकेदारको लापरवाही त कतै बजेट अभाव छ।

कतै सरकारी निकायबीचै समन्वय नहुँदा कामले गति लिन सकेको छैन। सरकारले वन क्षेत्रमा रूख काट्न अनुमति नदिँदा समस्या भएको छ। केही ठाउँमा स्थानीयवासीले असहयोग गरेका छन्।

प्रदेश सरकारले प्राथमिकता राखेका सेती लोकमार्ग र महाकाली करिडोर अलपत्र छन्। भारत र चीनसँग व्यापार तथा पारवहनको लक्ष्यसहित दशकअघि यी दुई सडक निर्माण थालिएको थियो।

प्रदेश राजधानी धनगढी र साबिकको क्षेत्रीय सदरमुकाम दिपायल जोड्ने सडक संघ कि प्रदेशमातहत राख्ने भनेर अलमल भएको छ। हुलाकी राजमार्ग पनि अलपत्र छ। भारतले बनाइदिएको कालोपत्रे उप्किएपछि पुनः विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाइँदै छ।

ताजा अपडेट

खोजी गर्नुहोस