एसिडपीडित मुस्कानलाई यसरी आयो वरुण धवनको भिडियो सन्देश

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन १०, शुक्रबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

असोज १०, काठमाडौं । एसिड आक्रमणमा परेकी वीरगन्जकी किशोरी मुस्कान खातुनलाई बलिउड अभिनेता वरुण धवनले पठाएको भिडियो सन्देश सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एसिड आक्रमणमा परी घाइते भएकी वीरगन्जकी १४ वर्षीया मुस्कान खातुन हाल काठमाडौंमा उपचारमा रहेकी छन् ।

अनुहार, छाती र हातका केही भाग जलेको मुस्कानको शल्यक्रियापछि स्वस्थ्यमा सुधार आएपनि पूर्णरुपमा ठीक भइसकेकी छैनन् ।

भयावह घटना व्यहोरेकी खातुनको आत्मबल बढाउन देश–विदेशबाट सन्देशहरु आइरहेका छन् ।

https://www.facebook.com/UjjwalThapaRPP/posts/2524200797808048

 

यसैक्रममा बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति स्यानन्ले पनि मुस्कानलाई सन्देश पठाएका हुन् । वरुण धवन मुस्कानका मनपर्ने बलिउड कलाकार हुन् ।

कृति स्यानन्ले मुस्कानकोबारेमा जानकारी पाएपछि मुस्कानसँग ‘भिडियो कल’मा कुरा गर्दा मुस्कानले आफू वरुण धवनको ‘फ्यान’ भएको बताउँदै आफ्नो सन्देश वरुणसम्म पुर्‍याइदिन आग्रह गरेकी थिइन् ।

 

मुस्कानको सन्देश पाएपछि वरुण धवनले सामाजिक सञ्जालमार्फत् नै मुस्कानलाई भिडियो सन्देश पठाएका हुन् । जसमा वरुणले मुस्कानलाई आराम गरेर ठीक हुन सुझाएका छन् ।

उनले भनेका छन्–‘मलाई विश्वास छ, तिमी चाँडै ठीक हुनेछौं । धेरै आराम गर्नू र ठीक भएपछि आफ्नो पढाइलाई मिहिनेतका साथ निरन्तरता दिनू ।’

https://www.facebook.com/RajuKoPage/videos/533330217498575/

 

वरुणले मुस्कानलाई पूर्णरुपले ठीक भएर उनलाई भेट्न मुम्बई आउन पनि भनेका छन् । उनले मुस्कानसँग भेटेरै कुराकानी गर्ने इच्छा पनि व्यक्त गरेका छन् ।

https://www.facebook.com/UjjwalThapaRPP/posts/2524928267735301

त्यसो त थुप्रै नेपाली कलाकारहरुले पनि अस्पताल पुगेरै मुस्कानलाई भेटेका छन् । गायक राजु लामा, मोडल नीति शाहलगायतले मुस्कानलाई भेटेर हौसला बढाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस