डिभाईन स्ट्रिम नेटवर्क र फाष्ट वे रेडिएन्ट डिजिटेकबीच कार्यगत एकता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन ११, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

आश्विन १०,काठमाडौँ । डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. नेपाल र फाष्ट वे रेडिएन्ट डिजिटेक लि.भारत बीच महत्वपुर्ण ऐतिहासिक कार्यगत एकता गर्ने सम्झौता भएको महिना दिन नबित्दै फाष्ट वे रेडिएन्ट डिजिटेक लि। भारतका सह–संचालक वलवीरसिंह डिसोडिया र सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय (अनिल) गोसाइँ काठमाण्डौं आइपुगेका छन । यस सहकार्यको प्रारम्भमै दुवै कम्पनीका प्रतिनिधिहरुले यस सहकार्यलाई मूर्तरुप दिनका लागि आर्थिक, प्राविधिक लगायतका क्षेत्रहरुमा आपसी छलफल गरी नयाँ कार्यदिशा तय गर्नेछन् । साथै संरचनागत क्षेत्रको शूक्ष्म अध्ययन तथा अन्वेषणका कार्य समेत गर्ने छन् ।

यसै सन्दर्भमा बोल्दै डिभाइन स्ट्रिम नेटवर्क  (mero tv)का प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले यो महत्वपूर्ण सहकार्यबाट भारतका एमएसओ हरु मध्ये सबै भन्दा बृहत एमएसओ फाष्ट वे रेडिएन्ट डिजिटेक र नेपालको बृहत नेटवर्क सहितको एमएसओ डिभाइन स्ट्रिम नेटवर्क प्रा.लि. दुवैले यस डिजिटल टि.भि.का क्षेत्रमा अत्यधिक लाभ उठाउन सक्ने बताए । उनले यस सहकार्यमार्फत डिभाइन स्ट्रिम नेटवर्कलाई डिजिटलाइजेशन, कन्टेन्ट, डिजिटल टि.भि.सिग्नल, इन्टरनेट ब्याण्डविथ अधिग्रहण र प्रविधि को आदान प्रदान तथा प्रबद्र्धनमा प्रेरणाको रुपमा काम गर्ने कुरामा जोड दिए ।

यस सहकार्यले डिभाइन स्ट्रिम नेटवर्क लाई ब्रोडब्याण्ड र डिजिटल टेलिभिजनका ग्राहकलाई अति छिटो सर्वसुलभ इन्टरनेट, डाटा स्पिड, IPTV/OTTका विभिन्न सेवा, HD/4k भिडियोका साथै एफटीटीएच नेटवर्कमा रुपान्तरण हुन सहयोग मिल्ने छ । यस भौतिक पूर्वाधारले भविष्यमा आउने नयाँ प्रविधिलाई सहजै ग्रहण गरी सर्वसुलभ सेवा दिन सक्नेछ ।

फाष्ट वे रेडिएन्ट डिजिटेकका प्रमुख कार्यकारी अधिकृतले डिभाइन स्ट्रिम नेटवर्क (mero tv) सँगको सहकार्यले दुवै कम्पनीलाई उत्तिकै फलदायी हुने बताए । उनले यसले अहिले नेपालको डिजिटल केवल टि.भि.मा नयाँ पहुँच पुग्ने बताउँदै नेपाल जस्तो पहाडी मुलुकमा डिभाइन स्ट्रिम नेटवर्कले सवैभन्दा ठुलो एमएसओ को रुपमा र वृहत आएएसपी नेटवर्कका रुपमा स्थापित हुन उच्च स्तरमा ब्यबस्थापन गरेको र उक्त कार्यलाई थप परिष्कृत बनाउन यो सहकार्य कोशेढुङ्गा सावित हुने बताए ।

यो सहकार्य नेपाल र छिमेकी देश भारतका एमएसओ बीचमा सेवा क्षेत्रमा भएको ऐतिहासिक र महत्वपूर्ण आपसी सहकार्य हो । यो सहकार्यले नेपालमा भएका स्थानीय प्रतिभाहरुलाई उजागर गर्नुका साथै विभिन्न टि.भि. कार्यक्रम उत्पादन गर्न बढावा दिने छ । यसले नयाँ रोजगारका अवसरहरु मात्र सिर्जना नगरी नेपालमा केवल टि.भि.हरुको विदेशी च्यानलहरुसँगको परनिर्भरतालाई घटाउने छ । यी दुई एमएसओ संगठित भई अगाडि बढेको अवस्थामा नेपाल सरकारसँग यस क्षेत्रमा हालसम्म नसमेटिएका कतिपय कुराहरुमा नियमन गर्ने संयन्त्रहरुमा सहकार्य गर्ने छ । जसले यस डिजिटल केवल टि.भि. तथा इन्टरनेट व्यवसायलाई स्वतन्त्र र स्वच्छ बनाउन समेत सहयोग गर्ने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस