सन् २०२० मा नेपालको आर्थिक बृद्धिदर ६.३ प्रतिशतः एडिबी

असोज १२, काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२० मा नेपालको आर्थिक वृद्धि ६.३ प्रतिशत हुने अनुमान गरेको छ ।

नेपालको वृहत आर्थिक अवस्थाको अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले तीन तहको सरकारले गर्ने खर्चमा वृद्धि, निजी लगानीमा बृद्धि भएमा आर्थिक वृद्धि प्रक्षेपण गरिएको भन्दा पनि बढी हुने जनाएको छ ।

सार्वजनिक खर्चमा वृद्धि, अनुकुल मौसम, ठुला परियोजनामा लगानी र पर्यटक आगमनमा वृद्धि भएमा नेपालको अर्थतन्त्र सोचे भन्दा विस्तार हुने एडीबीले जनाएको छ ।

गत असारमा बाढीले ठुलो क्षति गरेपछि कृषि क्षेत्रको विस्तार भने खुम्चिने एडिबीको अनुमान छ ।

सहज बिजुलीको आपूर्ति, लगानीमैत्री वातावरणमा सुधार जस्ता कारणले यो वर्ष औद्योगिक विस्तार ७.९ प्रतिशतले र सेवा क्षेत्र पनि ६.९ प्रतिशत बृद्धि हुने अनुमान एडिबीको छ ।

संम्बन्धित समचार

Leave a Reply