प्रधानमन्त्रीद्वारा पूर्व राज्यमन्त्री आलमको निधनप्रति शोक व्यक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता एवम् पूर्व स्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधनप्रति गहिरो शोक व्यक्त गरेका छन ।

शनिबार बिहान पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा पुगेर प्रधानमन्त्री ओलीले पूर्व स्वास्थ्य राज्यमन्त्री आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका हुन ।

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारको क्रममा उनको शुक्रबार साँझ निधन भएको थियो ।

शनिबार पूर्व राज्यमन्त्री आलमको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो ।

त्यस अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतम, उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुुर थापालगायतले उनको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

५३ वर्षीय आलमलाई बिहिबार गृह जिल्ला रौतहटमा गएको बेला हृदयघात भएको थियो ।

रौतहट क्षेत्र नम्बर २ का संविधान सभा सदस्यमा निर्वाचित हुनु भएका स्वर्गीय आलम ओली नेतृत्वको अघिल्लो सरकारमा स्वास्थ्य राज्यमन्त्री रहेका थिए । उनका श्रीमति, २ छोरा र १ छोरी रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस