टेलिकमद्वारा दसैंको अवसरमा आकर्षक अफर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । नेपाल टेलिकमले दसैंको अवसरमा विगत वर्षमा जस्तै विभिन्न आकर्षक अफर ल्याएको छ। टेलिकमले फोरजी एलटीई र अन्य सेवामा विशेष छुटसहितका अफर दिएको छ। फोरजी एलटीई सिम परिवर्तन गर्दा शुल्क लाग्ने छैन।

टेलिकमले पहिलो पटक फोरजी एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयसहित दुई सय एमबी डाटा बोनस उपलब्ध गराउने छ। घटस्थापनादेखि सुरु भएको यो छुट अर्को सूचना प्रकाशित नभएसम्म जारी रहने छ।

सँगै टेलिकमले पोष्टपेड ग्राहकका लागि मिस्ड कल अलर्ट सेवा निःशुल्क उपलब्ध गराएको छ। प्रिपेड ग्राहले पनि आगामी छठसम्म मिस्ड कल अलर्ट सेवा निःशुल्क खरिद गर्न सक्नुहुनेछ। मिस्ड कल अलर्टले नेटवर्क नभएको, मोबाइल बिजी भएको वा फोन अफ भएको समयमा पनि पछि स्वीच अन गर्दा यसरी छुटेका वा मिस्ड भएका कलको जानकारी दिन्छ।

टेलिकमले रिचार्जमा बोनससमेत दिने भएको छ। असोज १८ गतेदेखि २४ गतेसम्म रिचार्ज गर्दा बोनस पाइने छ। ५०, १०० र २०० को रिचार्ज गर्दा १० प्रतिशत र ५०० र १००० को रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस