सफ्टवेयर ह्याक गरी रकम चोरी गरेको आरोपमा बैंकका कर्मचारी पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरी रकम चोरी गरेको आशंकामा सिरहाको लाहान शाखाका कर्मचारी पक्राउ गरेका छन् ।

बैंकले लहान शाखाका कर्मचारी सुनीलकुमार झाको गतिविधि शंकास्पद रहेको जनाएपछि महानगरीय अपराध महाशाखाले आइतबार पक्राउ गरी अनुसन्धान थालेको हो । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट भएको भेटिएपछि पक्राउ गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

प्रहरीले बैंकको रकम चोरीको आरोपमा अहिलेसम्म १७ जनालाई पक्राउ गरिसकेको छ । गएको असोज ८ गते बैंकको झण्डै ५ करोड रुपैयाँ चोरी भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस