हिमाल आरोहणका क्रममा विदेशी पर्यटकको मृत्यु

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७६ आश्विन १२, आईतबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १२, गोरखा ।  चुमनुब्री गाउँपालिका–१ सामागाउँमा पर्ने मनास्लु हिमाल आरोहण गर्न गएकी विदेशी पर्यटकको शनिवार मृत्यु भएको छ ।

हिमाल आरोहण गर्ने क्रममा पोल्याण्डकी ५० वर्षीया रिता डोनेटा ब्लाड्यको लेक लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

आरोहणका क्रममा ब्लाड्य तेस्रो शिविरसम्म पुगेकी थिइन् । ‘सेभेन समिट ट्रेक्स प्रालि’मार्फत् मनास्लु आरोहणका लागि त्यहाँ पुगेकी ब्लाड्य माथिल्लो शिविर उक्लदै गर्दा बिरामी परेकी हुन् ।

बोकेर तेस्रो शिविर ल्याइपुर्‍याउँदा उनको मृत्यु भएको शर्माले बताए । मौसम खराब भएका कारण उनको शव ल्याउन समस्या भएको उनले बताए ।

घटनास्थल उत्तरी गोरखाको सामागाउँ प्रहरी चौकीबाट ३ दिनको पैदल यात्रा गरेर पुगिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस