साउदी राजाका अंगरक्षकको हत्या

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन १२, आईतबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असोज १२, काठमाडौं । साउदी अरबका राजाका अंगरक्षक अब्दुल अजिज अल–फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ ।

साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो ।

मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन् । जेद्दाहस्थित साथीको घरमा गएका राजाका अंगरक्षकसँग चर्को भनाभनपछि एक्कासी बाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए ।

हत्याराले आफ्नै भाई, राजाका अंगरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाएका थिए ।

झडपबारे सूचना पाएको प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा पाँच जना प्रहरीसमेत घाइते भएका बताइएको छ ।

झडपमा अंगरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ ।

उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै सातजनाको अवस्थास्थिर रहेको बताइएको छ । सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान शुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने प्रवक्ताले बताए ।

अल–फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अंगरक्षक थिए । (रासस/सिन्ह्वा)

ताजा अपडेट

खोजी गर्नुहोस