एनर्जाइजरको पावर बैंकहरु अब नेपाली बजारमा, आधिकारिक वितरक आईएमएस ग्रुप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन १३, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

आश्विन १३,काठमाडौँ । आई एमएस ग्रुप नेपालमा एनर्जाइजर पावर बैंकहरुको लागि एक मात्र आधिकारिक वितरक भएको छ । एनर्जाइजर, ब्याट्री,पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो ।

एनर्जाइजरले निरन्तर रुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् ।जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ ।

हल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्ट डोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगा स्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुनेछ ।

आईएमएस ग्रुपका सिईओ दिकेश मल्होत्राले भने– “नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा हामी अत्यन्तै खुसी र गर्व महशुस गर्दछौं । मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणको साथ, हामी अब नयाँ ऊर्जा प्रविधिको परिचय गर्दैछौं जुन हाम्रो राष्ट्रका नागरिकहरूको लागि नयाँ प्रविधिको साथ अगाडि बढ्नको लागि विश्वको पहिलो नवीनतम् र उदाउँदो प्रविधिहरूको पर्यायवाची हो ।

उनले थपे– यो पिढी यस्तो हो जहाँ स्मार्टफोन वाग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ,जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यस कारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ताकी उनीहरूको अनुभवलाई निरन्तर सुधार गर्न र प्रत्येक पक्षमाउनीहरूको अनुभवमा बृद्धि गर्न र उनीहरूको जीवनमा ठोस उत्थानल्याउनमदत पुराउछ । ”–

आईएमएस ग्रुप के हो ?

आईएमएस ग्रुप सब भन्दा छिटो बढिरहेको समूह हो जसमा २० भन्दा बढी बिभिन्न कम्पनीहरू छन् । आईएमएस नेपालमा सामसुङ्ग स्मार्टफोनको आधिकारिक वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनी पछिल्लो २७ बर्षमा बढेको र विविधीकरण भएको छ, जुन आईएमएस समूहको ब्यानरमा रहेको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस