ब्याडमिन्टनको ट्रेनिङमा व्यस्त, परिणीति चोपडा

असोज १५, काठमाडौं । बलिउड अभिनेत्री परिणीति चोपडा लामो समयसम्म ब्याडमिन्टनको ट्रेनिङमा व्यस्त छिन्।

ब्याडमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिकबारे बन्न लागेको फिल्ममा उनी लिड रोलमा छिन्, यहीकारण उनले ब्याडमिन्टनको ट्रेनिङ लिएकी हुन्। आउने साता यसको सुटिङ तय गरिएको छ।

उनले फिल्मका लागि ब्याडमिन्टनको ट्रेनिङका साथसाथै अन्य फिजिकल ट्रेनिङ पनि लिइन्। ५, ६ महिनादेखि उनको ट्रेनिङ जारी छ। आफूलाई खेलाडीझैं फिट देखाउन ट्रेनिङ लिएको उनको भनाइ छ।

परिणीति केही दिन पहिले लन्डनबाट फर्किएकी हुन्। त्यहाँ उनी करिब सात हप्ता फिल्म ‘द गर्ल अन द ट्रेन’ को हिन्दी रिमेकको सुटिङमा थिइन्।

ब्याडमिन्टन च्यापियन साइना नेहवालको बायोपिकबारे बन्न लागेको फिल्ममा पहिले नायिका श्रद्धा कपुर छानिएकी थिइन्। केही भाग सुटिङ गरेर पनि उनले फिल्म छाडेपछि परिणीति चोपडा इन्ट्री भएकी थिइन्।

परिणीतिले फिल्ममा जीवन्तता दिन निर्माताहरूसँग ब्याडमिन्टन ट्रेनिङका लागि समय मागेपछि निर्माताहरूले समय दिएका थिए।

नेहवालको बायोपिक फिल्मपछि परिणीति अजय देवगनको फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’ फिल्ममा काम गर्न साइन गरिसकेकी छिन्। उसमा सोनाक्षी सिन्हा र सञ्जय दत्तको पनि अभिनय रहनेछ।

संम्बन्धित समचार

Leave a Reply