सी जिन पिङको नेपाल भ्रमणको लागि चिनियाँ जहाज काठमाण्डौ आएर फर्कियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १५, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज १५, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिन पिङको सम्भावित नेपाल भ्रमणको लागि चिनियाँ जहाज काठमाण्डौ आएर फर्किएको छ ।

बुधबार दिउँसो साढे एक बजे एअर चाइनाको बोइङ ७४७–८०० सिरिजको विशेष जहाज काठमाण्डौ आएर डेढ घन्टापछि फर्किएको हो ।

‘जहाजमा पाइलटबाहेक अरु कोही पनि थिएनन्, उनीहरु यहाँको विमानस्थल, रन वे, पार्किङ र भीभीआईपीको सुरक्षा र स्वागतको बारेमा बुझ्न आएका थिए, विमानस्थलबाट बाहिर ननिस्किएरै फर्किए’, त्रिभुवन विमानस्थल स्रोतले जनायो ।

राष्ट्रपति सी जिन पिङको असोज अन्तिम साता हुने नेपाल भ्रमणको लागि केही दिन पहिले पनि एक चिनियाँ जहाज नेपाल आएर फर्किएको स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस