कमेडीले भरिएको ‘पिरिम पर्‍या छन्’ ट्रेलर (भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ अषाढ ३०, शनिबार (६ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

असार ३०,काठमाडौँ । अभिनेता द्वय दीलिप रायमाझी र जयकिशन बस्नेत स्टारर फिल्म ‘पिरिम पर्‍या छन्’ को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा दुवैलाई श्रीमती पीडित भनिएको छ ।

घरमा श्रीमतीसँगको झगडा पश्चात् दुवै अभिनेता काठमाडौंमा युवती खोज्न हानिन्छन् । युवती खोज्नका लागि जयकिशन र दीलिपले गर्ने हर्कतहरुलाई ट्रेलरमा कमेडी शैलीमा देखाइएको छ ।

फिल्ममा दीलिप रायमाझी, जयकिशन बस्नेत, सुवास मेचे, रमेश बुढाथोकी, शुभेच्छा थापा, राजाराम पौडेल, उमा कार्की, सोभित बस्नेत, लय संग्रौला, चाँदनी कोइरालालगायतका कलाकारले अभिनय गरेका छन् ।

माता बसुन्धरा मुभीज र बन्धु फिल्मस्को संयुक्त प्रस्तुति रहेको फिल्मलाई बिमल ढकालले खिचेका हुन् । गाउँले परिवेशको सामाजिक हाँस्य फिल्म बताइएको यस फिल्मका गीतमा बिकास चौधरी र बिनोद भुजेलको संगीत र बाबु बलामीको द्वन्द्व छ ।

साउन २५ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरिएको छ । कमेडी जनराको यो फिल्ममा पुरन थापाको लेखन, निर्देशन र निर्माण छ ।

https://youtu.be/K9r8GVad77A

ताजा अपडेट

खोजी गर्नुहोस