विलियनको गोलमा चेल्सीलाई ३ अंक

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १६, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । युएईएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा इन्ग्लिश क्लब चेल्सीले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा चेल्सीले फ्रेन्च क्लब लिली ओलम्पिक स्पोर्ट्स क्लबलाई २-१ गोल अन्तरले हराएको छ ।

लिलीको मैदानमा चेल्सीलाई जित दिलाउन टामी अब्राहम र विलियनले एक एक गोल गरे । लिलीका भिक्टर ओसिम्हेनले एक गोल फर्काए ।

प्रतिस्पर्धात्मक बनेको खेलको २२ औं मिनेटमा अब्राहमको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । ३३ औं मिनेटमा भिक्टरले गोल गर्दै लिलीलाई खेलमा फर्काए ।

तर, खेलको ७८ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई २-१ को जित दिलाए ।

जितसँगै समूह ‘एच’ को चेल्सीले २ खेलमा ३ अंक जोडेको छ । चेल्सीको यो पहिलो जित हो । चेल्सी तालिकाको दोस्रो स्थानमा छ ।

पराजित लिली अंक विहीन रहदै पुछारमा रहेको छ ।

यस समूहमा ६ अंक जोडेको आयाक्स शीर्ष स्थानमा रहदा ३ अंक जोडेको भ्यालेन्सिया तेस्रो स्थानमा छ । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस