उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल परीक्षण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ आश्विन १६, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौं । उत्तर कोरियाले समुद्रमुनिबाट प्रहार गर्न सकिने नयाँ प्रकारको ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको पुष्टि गरेको छ । उत्तर कोरियाले बुधबार सबमरिन ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

उत्तर कोरियाले गएको मे देखि लगातार छोटो दूरीमा मारहान्न सक्ने मिसाइल परीक्षण गर्दै आएको थियो । तर उसले क्षमता बिस्तार गर्दै समुद्रमुनिबाट मार हान्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

बुधबार प्रहार गरेको प्रोजेक्टाइल सी अफ जापानमा गएर खसेको थियो । यो वर्ष उत्तर कोरियाले ११ वटा मिसाइल परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाले अमेरिकासँगको परमाणु निशस्त्रीकरण सम्बन्धी वार्ता पुनः स्थापित हुने घोषणा गरेको केही घण्टामै मिसाइल परीक्षण गरेको हो । अमेरिका र जापानले उत्तर कोरियाको कदमको आलोचना गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस