खलंगामा छड्के अनुगमन : किराना पसलमा पेट्रोल व्यापार !

Post Thumbnail

आश्विन १७,दार्चुला । बजार क्षेत्रमा जथाभावी रुपमा पेट्रोलियम पदार्थ राख्ने गरिए पनि सम्बन्धित निकाय मौन रहेको पाइएको छ । खुद्रा पसलमा जथाभावी रुपमा डिजेल, पेट्रोल र ग्यास राख्ने गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।

जथाभावी रुपमा एकै पसलमा इजाजतविना पेट्रोल र डिजेललगायतका सामानहरु राखेकाले दुर्घटनाको जोखिम छ नै अर्कोतर्फ उपभोक्ताहरु ठगिदैं गएका छन् ।

पेट्रोल पम्पले आवश्यक मात्रामा उपभोक्ताको माग पुरा गर्न नसक्दा बाहिरी पसलहरुमा पेट्रोल पाउन थालेको हो । कतिबेला आगलागी हुने हो भन्ने त्रास बढेको उपभोक्ताले बताएका छन् ।

नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले जथाभावी रुपमा बजारमा अखाद्य वस्तुसहित पेट्रोल र डिजेल सडकपेटीमा खुलेयाम राख्ने गरे पनि सरोकारवालहरु मौन रहेको बताए ।

उनले विना अनुमति यसरी राखिने सामानहरुले समस्या हुने डर भएकाले चाँडै हटाइनु पर्ने माग राखे ।

प्रशासनको छड्के

सो विषयमा सर्वत्र गुनासो बढेपछि स्थानीय प्रशासनले दशंैको मुखमै छड्के अनुगमन सुरु गरेको छ । स्थानीय प्रशासनले करिब २० बढी पसलहरुमा गरेको अनुगमनमा आधा दर्जन बढीले इजाजत नलिएर एकै पसलमा डिजेल, पेट्रोल तथा ग्यासहरु राखिएकोे भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेले जानकारी दिए । उनका अनुसार त्यस्ता पसलहरुलाई अल्टिमेटम दिएर सुधार्न समेत चेतावनी दिइएको छ ।

यस्तै, एक पसलमा खुद्रासहित ग्यास र पेट्रोल भेटिएकाले दुर्घटनाको जोखिम रहेको छ । जुम्लामा शुष्मा आयल निगमले मात्रै डिजेल पेट्रोल बिक्रीबितरणका लागि अनुमति लिएको सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमख श्रवणकुमार महताराले जानकारी दिए । यसैगरी, स्थानीय प्रशासनले यातायातको सहजता, मिति नाघेका सामान, मासु तथा मिठाइ अनुगमन गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले जानकारी दिईन ।

ताजा अपडेट

खोजी गर्नुहोस