आचरण, ब्यवहार बिगार्ने र भ्रष्टाचारीलाई कुनै पनि हालतमा छाडिदैन : प्रधानमन्त्री ओली

Post Thumbnail

आश्विन २१,झापा । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्ट र नैतिक आचरण बिग्रेका कसैको पनि मुख नहेरिने बताएका छन । उनले यो सरकारले भ्रष्टाचार नैतिक आचरण नभएका जो कोहीलाई कारवाही गर्ने बताएका हुन । तपाईहरुले देख्दै र सुन्दै आउनुभएको छ, जस्तो सुकै हैसियतमा भए पनि हामी कसैलाई छाड्दैनौँ ।

सोमबार नवमीको अवसर पारेर झापाको दमकमा आफैले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सरकार भ्रष्टाचार विरुद्ध निर्मम रुपमा प्रस्तुत हुने बताए । आचरण र ब्यवहार बिगार्ने र भ्रष्टाचारीलाई कुनै पनि हालतमा छाडिदैन, उनले बताए ।

सरकारले केहि गरेन भनेर कुरा काटने जमातलाई भन्दा आफूहरू काम र जनताको पीरमार्कालाइ केन्द्रमा राखेर काम गर्दै आएको पनि ओलीले दावी गरे ।

ओलीले एकबर्षमा यो सरकारले देशभर १६ सय किलोमिटर सडक कालोपत्रे गरेको बताए । यतिधेरै कालोपत्रे कुनै सरकारले एक बर्षमा यो भन्दा अघि गरेको भए त्यो कसैले देखाए हुन्छ, उनले भने । एकबर्षको अवधिमा चार सयभन्दा बढि खोलामा पुल बनेको भन्दै केहि भएन भन्नेहरूलाई कसैगर्दा पनि नहुने उनको भनाइ थियो ।

आँधिहुरीबाट घर गुमाएका आठ सयभन्दा बढिलाई सरकारले छ महिनामा पक्की घर बनाएर दिएको भन्दै यस्तो छिटो गतिमा सरकारले अहिलेसम्म इतिहासमा कहिल्यै पनि काम नगरेको दाबी गरे । गरिब, निमुखाहरूको सरकार भएकाले उनिहरुको पक्षमा तीब्र रुपमा काम भइरहेको छ, उनको भनाइ थियो । जो सम्पन्न र सुविधाभोगि छन् उनिहरूको पक्षमा काम नभएकै हो, उनको भनाइ थियो ।

उनले धार्मिक सहिष्णुता तथा चाडपर्वप्रति बितृष्णा सिर्जना गर्ने तत्वहरू समेत सक्रिय रहेको भन्दै यस बिषयमा सचेत हुन पनि आग्रह गरे । दशैं नेपालीहरूको सबैभन्दा महत्वपूर्ण र विशेष चाड भएको भन्दै यो हरेक नेपालीहरुको पहिचान भएको समेत उनले बताए । त्यहि भएर नै अन्य चाडभन्दा यो चाडमा विदा पनि धेरै भएको हो, उनले भने।

कार्यक्रममा उपसभामुख डा.शिवमाया तुम्बाम्फे, प्रदेश–१ का प्रमुख डा. गोविन्दबहादुर तुम्बाहाङ, नेपाल सरकारका महान्याधिवक्ता अग्नि खरेल, नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला लगायत पनि सहभागि भएका थिए । कार्यक्रममा संघस्थाका प्रमुख तथा प्रतिनिधि, पार्टीका नेता एवं कार्यकर्ता लगायत सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो । २५ बर्ष अघिदेखि लगातर नवमीको दिन झापाको बिर्तामोडमा आफ्नै खर्चमा गर्दै आएका यो कार्यक्रम पहिलो पटक गृह नगर दमकमा गरेका हुन ।

ताजा अपडेट

खोजी गर्नुहोस