असार ३१ बझाङ । नेपाली सेनामा कार्यरत एक जना अमल्दारको खेतमा पानी लगाउन गएको बेला लडेर ज्यान गएको छ ।
मष्टा गाँउपालिका वडा नम्बर ६ घर भएका अमल्दार राम बहादुर बोहराको आफ्नो खेतमा पानी लगाउन जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
३२ वर्षीय बोहरा संग्राम गुल्म पानकोटमा काजमा कार्यरत थिए ।
झारगाँउमा रहेको खेतमा पानी लगाउन जाने क्रममा कुलोबाट चिप्लिएर करीब ६० मिटर तल खस्दा बोहरा सिकिस्त घाइते भएका थिए ।
घाइते भएका बोहरालाइ जिल्ला अस्पताल ल्याउँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको हो ।
बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरेको जनाइएको छ ।