धनुषामा बस पल्टिँदा १५ जना घाईते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २१, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २१, जनकपुर । जनकपुरधामबाट राजविराजका लागि छुटेको बस पल्टिँदा १५ जना घाइते भएका छन्।

मंगलबार धनुषाको जनकपुरधामबाट सप्तरीको राजविराजको लागि छुटेको ना ४ ख ७८९९ नम्बरको बस धनुषाको विरेन्द्रबजार र धारापानीकोबीचमा पल्टिँदा १५ जना घाईते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

घाइते हुनेमा ११ जनाको अवस्था सामान्य रहेको छ भने ४ जनाको अवस्था मध्यम खालको रहेको धनुषाका प्रहरी उपरीक्षक खनालले बताए।

घाइते भएका सबै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस