‘संख्या देखाएर संसदको दुरुपयोग गर्न खोजे चुप बस्दैनौं ‘: गगन थापा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ अषाढ ३१, आईतबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ३१,काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तापक्षले संसदीय शक्तिको दुरुपयोग गर्न खोजेमा कांग्रेस चुप लागेर नबस्ने बताएका छन् ।

कांग्रेसले दर्ता गरेको विरोधको सूचना बेवास्ता गरेर चिकित्सा शिक्षा विधेयक अघि बढाउन खोजेमा चुप लागेर नबस्ने उनले बताए ।

सत्तापक्षको मनस्थिति पेलेर भए पनि पारित गर्ने देखिएको भन्दै नेता थापाले यसले समस्या मात्र सिर्जना गर्ने बताए ।

‘त्यो ऐन संविधानको मर्म अनुरुप होस् कि नहोस् आवश्यकताअनुसार होस् कि नहोस् हामी पारित गरेर देखाउँछौं भन्ने सरकारको दृष्टिकोण डरलाग्दो छ, यसले समस्यामात्र सिर्जना गर्छ,’ उनले भने ‘हामो विरोधको सूचना असफल भएमा सरकारले विधेयक ल्याउँछ । त्यसमा सैद्धान्तिक छलफल गर्छौं । अन्तिममा हुन्छ र हुन्न भनेर मात्र बस्दैनौं, संसदको संख्याको दुरुपयोग हुन लाग्यो भने त्यसलाई रोक्नुपर्छ भन्ने मलाई लाग्छ ।’

आइतबार संघीय संसद भवन परिसरमा संचारकर्मीमाझ उनले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संविधानको मर्म र देशको आवश्यकतालाई सम्बोधन हुने गरी नआएको दावी पनि गरे ।

कांग्रेस नेता थापाले उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाईमा आफूहरु विश्वास गर्ने पक्षमा नरहेको पनि बताए । उनले आयोग बनाएर मुलुकको कुनै पनि समस्या समाधान नभएको पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस