चितवनमा बस दुर्घटना, ३८ जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असोज २२, चितवन । चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक छेउको पीपलको रुखमा ठक्कर खाएर दुर्घटना भएको हो ।

घाइतेको पुरानो मेडिकल कलेज र भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २७ को अवस्था मध्यम रहेको छ । यस्तै १० जना सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् । बसमा करिब ४५/४६ जना सवार रहेको थियो । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस