यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार क-कस्ले पायो ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन २२, बुधबार (५ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असोज २२, काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार लिथियम–आयोन ब्याट्री विकास गर्ने तीनजना वैज्ञानिकहरूलाई दिइने घोषणा बुधवार गरिएको छ ।

जोन बी गूडइनफ, एम स्ट्यान्ली ह्विट्टिंगम र अकिरा योशिनालाई संयुक्त रूपमा पुरस्कार दिने घोषणा गरिएको हो ।

लिथियम आयोन ब्याट्रीहरूले मानिसको जीवनमा क्रान्तिकारी परिवर्तन ल्याएका छन् । यिनको उपयोग मोबाइल फोनदेखि ल्यापटप अनि विद्युतीय सवारीसाधनसम्ममा हुने गर्छ । यो ब्याट्री पत्ता लगाउने वैज्ञानिकहरूले ताररहित तथा इन्धनरहित समाज निर्माणमा योगदान गरेको नोबेल कमिटीको भनाइ छ ।

सन् १९७० को दशकमा ह्विट्टिंघमले पहिलोपटक कामकाजी लिथियम ब्याट्री बनाएका थिए ।

गूडइनफले लिथियम ब्याट्रीको सम्भाव्यतालाई दोहोरो पार्दै थप शक्तिशाली र उपयोगी ब्याट्री निर्माणका लागि सही परिस्थिति निर्माण गरे ।

योशिनोले ब्याट्रीबाट शुद्ध लिथियम निर्मूल पार्न सफल हुँदै यसलाई लिथियम आयोनमा पूर्णतः निर्भर गराए । शुद्ध लिथियमभन्दा आयोन बढी सुरक्षित हुन्छ । यसले गर्दा ब्याट्री व्यवहारमा लागू गर्न सहज बन्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस