इरानका महिलाले ४० वर्षपछि रङ्गलाशामा बसेर हेरे फुटबल, बन्यो स्वतन्त्रताको प्रमाण

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन २६, आईतबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असाज २६, काठमाडौं । इरानमा दशकौंको प्रतिबन्धपछि बिहिबार महिलाहरुले रङ्गशालामा गएर फुटबल खेलको आनन्द लिए । राजधानी तेहरानस्थित आजादी रङ्गशालामा महिलाले ४० वर्षपछि प्राप्त गरेको यो स्वतन्त्रताको प्रमाण बन्यो ।

बिहिबार उक्त रङ्गशालामा इरान र कम्बोडियोबीच फिफा वल्र्डकप छनौट खेल भएको थियो । खेलका क्रममा रंगशालामा तीन हजारभन्दा बढी महिलाहरु सहभागि थिए ।

महिलाहरुको लागि बस्नको लागि रङ्गशालामा अलग स्थान बनाइएको थियो । यसै दौरानमा इरानी महिलाहरुले हातमा देशको झण्डा लिएर आफ्नो राष्ट्रिय टोलीलाई हौसला दिइरहेको देखिएको थियो ।

एसियाको शक्तिशाली फुटबल टिम इरानले खेलमा कमजोर कम्बोडियालाई १४–० ले हरायो । तर यो ऐतिहासिक क्षण ठूलो गोलअन्तरका कारणले भन्दा महिलालाई रङ्गशालामा प्रवेश दिइएको खेलका रुपमा सम्झिइनेछ ।

सन् १९७९मा इस्लामिक क्रान्तिपछि इरानमा महिलाहरुलाई पुरुषको खेल हेर्न प्रतिबन्ध लगाइएको थियो ।

अघिल्लो महिना फुटबल हेर्न पुरुषको भेषमा रङ्गशालामा प्रवेश गर्ने प्रयास गर्दा पक्राउ परेकी सहर खोदयारी नामकी एक युवतीले आफूमाथि गम्भिर प्रकृतिको मुद्दा लाग्ने भएपछि आत्मदाह गरेकी थिइन् । त्यस घटनाले विश्वको ध्यान तानेको थियो ।

इरानी अनलाईन प्रयोगकर्तामाझ उनको मनपर्ने टिम ‘एस्तेगलाल’को रङ्गको नामबाट ‘ब्लू गर्ल’ सम्बोधन गरिएकी खोदयारीको सम्झनामा रङ्गशाला पुगेका महिलाले पनि गरे । कयैन महिलाले ‘ब्लू गर्ल’ लेखेका प्लेकार्ड बोकेका थिए ।

घटनालाई लिएर विश्व फुटबलको सर्वोच्च प्रशासनीक निकाय फिफाले इरानमा प्रतिनिधिमण्डल नै पठाएको थियो ।फिफाको प्रयास, अन्तर्राष्ट्रिय चासो र इरानी महिला अभियानकर्मीको प्रयासपछि इरानी सरकार पछिल्लो कदम चाल्न बाध्य भयो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस