लघुकथा : आमा करणी

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

डा. रेणुका सोलु–

भकारामा खसी कराउनै पाउँदैन सीतादेवीले घाँस, खोले छिन्कोछिन्मै पुर्‍याइहाल्छिन् । केराको घरिनै पाकेर घर वासनामय बनेको छ । रातभरी नसुती चामल पिसेर सेल, फिनि बनाएर ढाकिभरी राखेकी छ्न् ।

उनी मनमनै सोच्छिन् “न्वारान गरेकै दिनदेखि बाबू गुमाएको टुहुरो छोरो कति कष्ट गरेर हुर्काएँ, कहिले मीठो मसिनो नि खुवाउन पाइन, अब त ठूलो भयो अलिअली पैसा नि कमाई छँदैछ , यसपाली त छोरालाई मन पर्ने सबै खानेकुरा बनाएर राख्छु, दशैंको बेला यो, आउनासाथै रमाएर खाओस अनि म आनन्दले गदगद हुन्छु ।”भारतमा काम गर्दै आएको ३१ वर्षीय छोरोले आँगन टेक्यो । यतिका वर्षसम्म एकल महिला र टुहुरो बच्चो मात्र भएको घर एक्कासी झलमल्ल भएको आभास भयो ।

घरभित्र मुलओछ्यानमा छोरालाई बसाएर आफुले बनाएको सबै परिकार थालभरी राखिदिइन् सीतादेविले “लु यति खाऔं अनि खसी काट्नुपर्छ , तिमी आउने भनेर खसी बेच्न मन लागेन, मज्जाले भुटेर खान्दिन्छु आफ्नै छोरालाई धित मर्नेगरी, कर्जिमर्जी भुट्छु, फलमासुजती पक्कु लाइदिन्छु ,पछिसम्म रहन्छ,उतै लगेर खानु । बोटैभरी केरा पाकेका छन, नयाँ धानको चिउरा कुटेकी छु, ठेकाभरी दहि जमाएकी छु । यसपाली आमाछोरा बसेर मज्जाले मनाउनुपर्छ दशैं” यसो भन्दै गर्दा छोराको हात मुसार्थिन् आमा त कहिले गाला मुसार्थिन् । आमालाई सन्तान सधैं सानै लाग्ने प्रमाण हो सायद । तर छोराको अनुहारको रङ्ग बदलिएर रातोपिरो हुन थालीसकेको छ ।

छोरो उठेर दैलो जस्केलो दुबैमा आग्लो लगाउँछ र मुलओछ्यानमा आमालाई समाएर करणीको प्रयास गर्छ । सीतादेवीलाई आकाश झरेर किचेझैँ लाग्छ “बाबू ! मेरो छोरा ! यो के गरेको? तिमी त मैले जन्माएको मेरो रगतको डल्ला हौ ! छोरा यो कस्तो प्रलय भयो लौन!! बाबू ए बाबू……बा…..बु…हौ….” सीतादेवी अँगेनाको पाटोमा बेहोस हुन्छिन् ।

उनको शरीरका कपडाहरू लथालिङ्गै छ्न् । छोरो पाइन्टको जिफर तान्दै मुलढोका खोल्दैछ । त्यतिनै बेला पल्लोघरकी सुन्तली खसी कतिखेर काट्ने सोध्न ढोकैमा आइपुगेकी हुन्छिन् ।

यो सबै दृष्यले होसहवासै उड्छ अनि “गुहार गुहार “कराउँछिन् । एकैछिन्मा सबै गाउँले भेला हुन्छन् अनि प्रहरी बोलाएर जिम्मा लगाउँछन् । इलाका प्रहरी कार्यालय सुखदले जबरजस्ती करणी उधोगको मुद्दा चलाई जिल्ला प्रहरी कार्यालय चलान गर्‍यो । सीतादेवी मुर्छामै छन् ।

छोरालाई अनेकौं परिकार पकाएर खुवाउन ठिक परेको अँगेनामा खरानी उडिरहेको छ ।घरपछाडी भकारोमा खसी कराइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस