यस्तो छ गुलेलीको भाग ६७, (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

असाज २६, काठमाडौं । राजु भुजेल (नरनाथ बाजे) को “गुलेली” भाग ६७ हास्य टेली श्रृङखला केहि समय अगाडि मात्रै युट्युव च्यानल (Guleli Online TV) मार्फत सार्वजनिक भएको छ ।

गुलेली अनलाईन टि भि को प्रस्तुतीमा सार्वजनिक भएको हास्य श्रृंखला गुलेली जय कुमार थापा को परिकल्पनामा बनेकाे हाे । उक्त  हास्य श्रृंखलाका विषेश सल्लाहकार राज कार्की हुन् भने पटकथा सम्वाद नवराज उप्रेती ले लेखेका छन ।

श्रृंखलाकाे मुख्य सहायक निर्देशक गणेश अछामी (क्वाके) को रहेको छ । कथा / निर्देशक राजु भुजेल (नरनाथ बाजे)ले गरेका हुन् भने युबराज खत्री को छायांकन तथा सम्पादन रहेको छ ।

चर्चित कलाकारहरू सुबोध गौतम (एदुमे), संगम राई (लभ्ली) राजु भुजेल (नरनाथ बाजे), गणेश अछामे (क्वाके), युबराज खत्री, सन्तोष मगर, हरिहर उप्रेति, अनु खड्का, माया ढकाल, सरु के सि, सन्जेश उप्रेती, दुर्गा बराईलि, सन्जिब भन्डारि, शिवराम आचार्य, नबिन पुरि, बासु खरेल, सपना रिमाल खत्री लगायतको अभिनय रहेको छ।

विगतमा अरुको कम्पनीमा काम गरेका निर्देशक राजु भुजेल ले हास्य श्रृङखला ‘गुलेली’ आफ्नै कम्पनी Guleli Online TV मार्फत यस अघि नै भाग ६६ सम्म सार्वजनिक गरिसकेका छन ।

समसामयिक तथा लोक कथा मा आधारित उक्त हास्य श्रृङखलालाई दर्शक ले मन पराउने कुरामा निर्देशक राजु ढुक्क छन् । भाग ६७ सम्म आई पुग्दा विविध कारणले हास्य श्रृङखला ‘गुलेली’ आउने बन्द हुने भैरहेको थियो अब भने दर्शकको माया, हौसला र प्रतिक्रिया अनुसार निरन्तर आउने निर्देशक ले बाचा पनि गरेका छन ।

भिडियाे:

https://www.youtube.com/watch?v=fnn-bPW63SE&feature=youtu.be&fbclid=IwAR11fonv5GbmYvehULkMLkuT6WPNxK9l1YN7Dcx1qZzXl_eOeop2_IsKr9k

ताजा अपडेट

खोजी गर्नुहोस