गोरुले हिर्काउँदा ७५ वर्षीया वृद्धाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विचित्र संसार /
  • २०७६ आश्विन २७, सोमबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज २७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फुलेलीका अन्दाजी ७५ वर्षीया चतकली चौधरीको गोरुले सिङ्गले हिर्काउँदा मृत्यु भएको छ ।

आइतबार साँझ पानी खुवाउन लैजाने क्रममा गोरुले हिर्काउँदा वृद्धा गम्भीररुपमा घाइते भएकी थिइन् ।

तत्कालै उपचारका लागि लैजाने क्रममा वृद्धाको बाटोमै मृत्यु भएको वडाध्यक्ष बहादुर महराले बताए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस