नेपाल-भारत ऊर्जासचिव बैठक : प्रसारण लाइन टुंग्याउने प्रस्ताव

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ आश्विन २८, मंगलबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौं । जलविद्युत् विकास र बिजुली निर्यातका लागि मार्गप्रशस्त गर्ने पूर्वाधार मानिएको नेपाल–भारत दोस्रो सीमापार अन्तर्देशीय प्रसारण लाइन (४०० केभी) निर्माणको टुंगो लगाउने गरी नेपालले प्रस्ताव गरेको छ।

नेपालको प्रस्तावमा सोमबार भारतको बैङलोरमा ऊर्जा सहसचिवस्तरीय संयुक्त कार्यदल (जेडब्लूजी)मा छलफल भएको छ। सहसचिव तहमा भएको छलफललाई मंगलबार सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएसटी)ले टुंग्याउने कार्यक्रम रहेको बैठकस्थलबाट ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए।

सचिवस्तरीय बैठकमा नेपालले उक्त प्रसारण लाइन निर्माणसम्बन्धी सम्पूर्ण ढाँचा टुंगो लगाई दुवै पक्षको हितमा निर्माण हुने गरी प्रस्ताव गरेको हो। यसअघि नेपालले आआफ्ना सरकारी पक्षबाट लगानी गरी निर्माण गर्ने प्रस्ताव गरेकोमा भारतले अस्वीकार गर्दै आएको थियो। विकल्पमा रूपमा दुवै पक्षलाई स्वीकार्य हुने किसिमले प्रशस्त गृहकार्य गरी नयाँ प्रस्ताव गरिएको नेपाली अधिकारीले बताए।

ताजा अपडेट

खोजी गर्नुहोस