“चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउछ”: सभापति देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ आश्विन २९, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असोज २९, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दशैं, तिहारजस्ता चाडपर्वले मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरिरहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले दशैं, तिहारजस्ता चाडपर्वको अवसर पारेर आयोजना हुने चियापान कार्यक्रमलाई आफूले पार्टीहरुबीचको सम्बन्धलाई नजिक ल्याउने अवसरको रुपमा लिएको पनि बताए ।

सत्तारुढ नेकपाले बुधबार दसैं, तिहार, नेपाल संवत, छठ पर्वको अवसर पारेर काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै उनले विपी कोइरालाले दशंैको अवसर पारेर सुरु गरेको चियापान कार्यक्रम नेकपा लगायतका सबै राजनीतिक पार्टीहरुले पनि आयोजना गर्न लागेकोमा आभार व्यक्त गरे ।

सभापति देउवाले नेताहरुबीच शुभकामना आदानप्रदान गर्ने अवसरको रुपमा पनि चाडपर्वहरुलाई लिनुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस