यूरोपेली यूनियनमाथि मुद्दा हाल्न बेलायती प्रधानमन्त्रीलाई ट्रम्पको सुझाव

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ अषाढ ३२, सोमबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार ३२,काठमाडौँ । बेलायती प्रधानमन्त्री टेरिजा मेले यूरोपेली यूनियनमाथि मुद्दा हाल्न अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई सुझाव दिएको खुलासा गरेकी छिन ।

लण्डनमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूलाई ट्रम्पले ब्रेक्जिटको सम्बन्धमा कुराकानी गर्नुभन्दा ईयूमाथि मुद्दा हाल्न सल्लाह दिएको जानकारी दिईन

संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले प्रधानमन्त्री मेलाई ब्रेक्जिटबारे आफूले एउटा सल्लाह दिएको तर मेका लागि कठिन हुने उल्लेख गरेका थिए ।

बीबीसीसँग कुरा गर्दै बेलायती प्रधानमन्त्री मेले त्यो सल्लाह इयुविरुद्ध मुद्दा हाल्नु रहेको बताएकी छिन । तर विश्लेषकहरुले भने ईयूविरुद्ध मुद्दा हाल्न बेलायतलाई कुनै आधार नभएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस